Logo

चीनसँगको सम्पूर्ण व्यापार बैंकिङ प्रणालीमार्फत, चिनियाँ बैंक भित्र्याउँदै सरकार

चीनसँगको सम्पूर्ण व्यापार बैंकिङ प्रणालीमार्फत, चिनियाँ बैंक भित्र्याउँदै सरकार



काठमाडौं । सरकारले चीनसँगको व्यापारलाई बैंकिङ प्रणालीमा ल्याउन चिनियाँ बैंकलाई नेपालमा भित्र्याउने भएको छ । पछिल्लो समय चीनसँगको व्यापारमा अनौपचारिक क्षेत्रको हावी भएसँगै सरकारले चिनियाँ बैंकलाई नेपाल भित्र्याएर बैंकिङ प्रणालीमा जोड्न लागेको हो ।

laxmi

हाल चिनियाँ बैंकलाई नेपालमा भित्र्याउने विषयमा अन्तिम छलफल भइरहेको र आगामी आर्थिक बर्षदेखि उक्त कार्यको थालनी गरिने अर्थ सचिव डा. राजन खनालले जानकारी दिए । ‘हामीले बैंक अफ चाईनालाई नेपालमा ल्याएर बैंकिङ प्रणालीमार्फत चीनको व्यापार गर्न छलफल अघि चलाएका छौं,’ उलने भने, ‘सो काम सम्पन्न भएसँगै चीनसँगको सम्पूर्ण व्यापार फर्मल च्यानलमा आउनेछ ।’ आगामी आबदेखि चीनको कुनै एउटा सरकारी बैंक भित्रयाएर चीनसँगको व्यापारलाई पूर्ण रुपमा बैंकिङ प्रणालीमा जोडिने उनको दावी थियो ।

अहिले नेपालमा चिनियाँ बैंक नहुँदा चीनसँगको नाकामा अनौपचारिक रुपमा कारोकार हुँदै आएको छ । चिनियाँ बैंक भित्रिएसँगै सबै कारोकार औपचारिक प्रणालीमा आउने उनको दावी थियो ।

पछिल्लो समय चीनसँगको व्यापारमा धेरै समस्या आएको भन्दै चिनियाँ बैंक भित्र्याएर त्यसलाई समाधान गरिने समेत उनले जानकारी दिए । ‘अहिले चीनसँगको सिमा नाकामा कारोकार गर्न एकदमै कठिन भइरहेको छ,’ उनले भने, ‘चिनियाँ बैंक आएसँगै उक्त समस्या समाधान हुनेछ ।’

साथै उनले नेपालको सरकारी बैंकसँगको सहकार्यमा चिनियाँ बैंकलाई भित्र्याइने समेत जानकारी दिए । अहिलेसम्मको तयारी सरकारी बैंकसँग टाईअप गरेर भित्र्याउने रहेको र यदि कुनै निजी क्षेत्रबाट संचालित बैंक तयार भएर आएमा उक्त बाटो पनि खुला भएको उनको तर्क थियो ।

केही समय अघि मात्र नेपाल राष्ट्र बैंकले वीच्याट, अलिपेजस्ता सामाजिक संजालबाट गैरकानूनी रुपमा चीनसँगका व्यापार भएको भन्दै त्यसलाई प्रतिबन्ध लगाएको थियो । हाल राष्ट्र बैंकले त्यसलाई पनि कानुनी दायरामा ल्याएर बैंकिङ प्रणालीमा जोड्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL