Logo

सनराइज बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा, शाखा संख्या १११ पुग्यो

सनराइज बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा, शाखा संख्या १११ पुग्यो



काठमाडौं । सनराईज बैंकले आफ्नो १ सय ११ औं शाखा रुपन्देहीको मणिग्राममा विस्तार गरेको छ । बैंकले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे र संचालक समितिका सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उक्त शाखा कार्यलयको उद्घाटन गरेका हुन ।

यो समेत गरी बैंकको शाखा संख्या १ सय ११ वटा पुगेको छ । साथै बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २५ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬

प्रतिक्रिया दिनुहोस्
MBL