Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पीडितलाई २ लाख सहयोग

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, हावाहुरी पीडितलाई २ लाख सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि २ लाख रुपैयाँ सहयोग गरेको छ ।

laxmi

बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ २३ गते धनगढीमा आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पुर्याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै सो रकम हस्तान्तरण गरेको हो ।

बैंकले उक्त घटनाबाट पीडित परिवारको पुनस्र्थापनाका लागि धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोग स्वरुप सो रकम हस्तान्तरण गरेको हो ।

उक्त सहयोग स्वरुपको चेक भने बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरेका हुन ।

बैंकले २ सय ८५ शाखा, २ सय ९५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर एवं ३७ शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL