Logo

बैंकर्स संघले भन्यो, विग मर्जर सकारात्मक तर छोटो समयमा मर्जर पार्टनर खोज्न सकिँदैन

बैंकर्स संघले भन्यो, विग मर्जर सकारात्मक तर छोटो समयमा मर्जर पार्टनर खोज्न सकिँदैन



काठमाडौं । बैंकर्स संघले नेपाल राष्ट्र बैंकले तोकेको समयसिमा भित्र मर्जर पार्टनर खोज्न नसकिने निष्कर्ष निकालेको छ ।

laxmi

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले गत हप्ता बाणिज्य बैंकहरुलाई मर्जर पार्टनर खोजेर यही असार १९ गतेभित्र जानकारी गराउन निर्देशन दिएका थिए । गभर्नरको निर्देशनसँगै बैंकर्स संघको आज भएको पूर्ण बैठकले बिग मर्जर गराउने राष्ट्र बैंकको नीति ठिक भएको तर उक्त समयभित्र ठोस जानकारी दिन नसकिने निष्कर्ष निकालेको हो ।

२८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आज बिहान भएको बैंठकमा धारणा राख्दै सिईओहरुले विग मर्जरको नीति ठिक भएको बताएका थिए । बैंकहरुलाई समवल र सक्षम बनाउनका लागि पनि विग मर्जर आवश्यक भएको उनीहरुको तर्क थियो ।

आज भएको बैंठकले सरकारले ल्याएको विग मर्जर गराउने विषय ठिक भएको निष्कर्ष निकालेको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए । ‘बैंठकमा सबैले विग मर्जर उयुक्त भएको धारणा राख्नु भएको छ,’ उनले भने, ‘जुन समय सिमा दिएर मर्जर पार्टनर खोज्न भनिएको छ त्यो समयसिमा कम भयो भन्ने निष्कर्ष निकालेका छौं ।’ अब सो विषयलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा बैंकर्स संघले राष्ट्र बैंकसँग बसेर छलफल गर्नेछ ।

बैंठकमा सिईओहरुले मौद्रिक नीतिअघि नै सबै बैंकले आआफ्नो तर्फबाट मर्जरका बारेमा भएको प्रगति विवरण राष्ट्र बैंकमा बुझाउने समेत बताएका छन् । साथै विग मर्जरमा जान विशेष छुट र सुविधा माग्ने निर्णय समेत बैंकर्स संघले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL