Logo

एनआईसी एशिया बैंक र सीपी अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंक र सीपी अस्पतालबीच सम्झौता, उपचारमा २० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सीपी अस्पताल धनगढीबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई उक्त अस्पतालमा उपचार गराउँदा अस्पतालको विभिन्न सेवामा २० प्रतिशतसम्मको छुट पाउने भएको छ ।

बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र अस्पतालका प्रशासन निर्देशक विकास मौनीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ एक्सटेन्सन काउन्टर एवं ३५ शाखारहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL