Logo

सनराइज बैंकको दुई शाखा विस्तार, पुग्यो सोलु र रामेछापमा

सनराइज बैंकको दुई शाखा विस्तार, पुग्यो सोलु र रामेछापमा



काठमाडौं । सनराइज बैंकले सोलुखुम्बुको किन्जा र रामेछापको शिवालयमा शाखा विस्तार गरेको छ ।

सोलुखुम्बुको किन्जा शाखाको आइतबार लिकुपिके नगरपालिकाका मेयर डम्बर बहादुर बस्नेतले उद्घाटन गरेका हुन भने शिबालय शाखाको गोकूल गंगा गाउपालिकाका मेयर खड्क बहादुर सुनुवारले उद्घााटन गरेका हुन ।

बैंकले विस्तारित शाखासँगै १ सय ९ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले ३५ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर र १ सय २२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL