Logo

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर, १७ करोड ६० लाखको मिलापत्र

बैंकिङ कसुर र ठगीमा २१ करोडभन्दा बढीको मुद्दा दायर, १७ करोड ६० लाखको मिलापत्र



काठमाडौं । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर र ठगीमा ६० जना विरुद्द मुद्दा दायर गरेको छ । महाशाखाले चालू आर्थिक वर्षमा बैंकिङ कसुर र ठगीमा २१ करोड ४९ लाख ३४ हजार १ सय रुपैयाँ बराबरको ठगी गरेको आरोपमा उनिहरुलाई मुद्दा दायर गरेको हो ।

laxmi

महाशाखाका अनुसार साउनमा ४, भदौ र असोजमा ७÷७, कात्तिकमा ४, मङ्सिरमा ४, पुसमा २, माघमा १०, फागुनमा ३, चैतमा ७, वैशाखमा ३ र जेठमा ९ जना विरुद्ध मुद्दा दायर गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बैंकिङ क्षेत्रमा रकम लिएर भाग्ने तथा विभिन्न व्यक्तिलाई ठगी गर्ने विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएका छन । महाशाखाले बैंकिङ कसुर र ठगीमा विशेष खालका मुद्दा हेर्दै आएको छ ।

यसैगरी, महाशाखाले चालू आवमा १७ करोड ६० लाख ६१ हजार ७५ रुपैयाँ बराबरको मिलापत्र गराएको छ । बंैकिङ कसुरमा फरार तथा ठगी गरेर फरार व्यक्तिलाई पक्राउ गरी उक्त रकम बराबरको मिलापत्र गराएको हो ।

जसमा १ सय ११ जना रहेका छन् । साउनमा ६, भदौमा १३, असोजमा १८, कात्तिकमा ८, मङ्सिरमा ९, पुसमा ११, माघमा १६, फागुनमा २, चैतमा ८, वैशाखमा ८ र जेठमा १२ जनाले मिलापत्र गरेका छन् /रासस

प्रतिक्रिया दिनुहोस्
MBL