Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, कैलालीका हावाहुरी पीडितलाई आर्थिक सहयोग

जनता बैंकको सामाजिक उत्तरदायित्व, कैलालीका हावाहुरी पीडितलाई आर्थिक सहयोग



काठमाडौं । जनता बैंकले कैलाली जिल्लाका हावाहुरी पीडितका लागि आर्थिक सहयोग गरेको छ । बैंकले गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि नगद आर्थिक सहयोग प्रदान गरेको हो ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकले १ लाख ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका हुन । उक्त रकम पिडितहरुको पुनस्र्थापनाको क्षेत्रमा खर्च गरिने कोषले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL