Logo

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणाको बढुवा, निमित्त सिइओको जिम्मेवारी

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणाको बढुवा, निमित्त सिइओको जिम्मेवारी



काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारीलाई बढुवा गरिएको छ ।

बैंक संचालक समितिको जेठ २२ को निर्णय अनुसार अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको हो । यस अघि अधिकारीले सोही बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी थिईन ।

विगत ३१ वर्ष देखि बैकिङ क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेकी छिन । अधिकारी उक्त बैंकमा आउनु अघि हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरेकी थिईन ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएमा प्रथम भइ महेन्द्र विद्याभूषण लगायतका विभिन्न विभूषण तथा स्वर्ण पदकहरु प्राप्त गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL