Logo

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु अस्पतालबीच सम्झौता भएको छ । बैंकले अस्पतालमा आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिन सो सम्झौता गरेको हो ।

बैंकको कार्ड बिक्रि तथा बजार प्रवर्द्धन विभाग प्रमुख नवीन सुवेदी र अस्पतालका निर्देशक दिलिप डंगोलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता पछि सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा बैंकका डेबिट क्रेडिट प्रिभिलेजकार्ड बाहक तथा बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले १ सय ३७ शाखा, २६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ५५ शाखारहित बैंकिङमार्पmत सेवा प्रदान गर्दै आईरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवासमेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL