Logo

एनआईसी एशिया बैंकको एकैसाथ ३ शाखारहित बैंकिङ सेवा विस्तार पुग्यो सिरहा र झापामा

एनआईसी एशिया बैंकको एकैसाथ ३ शाखारहित बैंकिङ सेवा विस्तार पुग्यो सिरहा र झापामा



काठमाडौं । एनआईसी एशिया बैंकले एकैसाथ ३ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

laxmi

बैंकले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सीतापुर, झापाको मेचीनगर नगरपालिका १ गाडागल्ली र मेचीडाँगीमा शाखा विस्तार गरेको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ सेवाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष राम बल्लभ साह, सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत र ६ नं वडा अध्यक्ष सुरेश कुमार साह सुरीले संयुत्तः रुपमा उद्घाटन गरेका हुन । त्यस्तै बैंक प्रतिनिधिको रुपमा भने रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

गाडागल्ली र मेचीडाँगी शाखाको मेचीनगर नगरपालिका १ का वडा अध्यक्ष पासाङ्ग तामाङले उद्घाटन गरेका छन भने बजार प्रतिनिधिमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६ एक्स्टेन्सन काउण्टर एवं ३५ शाखारहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL