Logo

सांग्रिला विकास बैंक र स्प्यारो पेबीच सम्झौता, बैंकको सेवा स्प्यारो पेमार्फत

सांग्रिला विकास बैंक र स्प्यारो पेबीच सम्झौता, बैंकको सेवा स्प्यारो पेमार्फत



काठमाडौं । सांग्रिला विकास बैंक र स्पारो पेबीच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार बैंक र कम्पनीले आयोजना गरेको एक कार्यक्रममा उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौताको सहमती पत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र स्पारो कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका हुन ।

सांग्रिला विकास बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु जस्तै मोबाईल बैंकिङ, लकर, एटिम, इन्टरनेट बैंकिङ, एबिबिएस रेमिट्यान्स आदि सुविधाहरु दिंदै आएकोमा हाल पेमेन्ट गेटवे खल्ती संग सम्झौता गरेको छ ।

उक्त सुविधा अन्तर्गत सांग्रिला विकास बैंकका ग्राहकहरुले इन्टरनेट बैंकिङ तथा मोबाईल बैंकिङद्वारा आफ्नो खातामा रहेको रकम खल्तीमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेट जस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सकिन्छ ।

उक्त सेवालाई सांग्रिलाका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि उक्त सुविधा उपयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL