Logo

सिभिल बैंकको दुई शाखा विस्तार, पुग्यो सुर्खेतको विरेन्द्रनगर र लम्कीमा

सिभिल बैंकको दुई शाखा विस्तार, पुग्यो सुर्खेतको विरेन्द्रनगर र लम्कीमा



काठमाडौं । सिभिल बैंकले सुर्खेतको बीरेन्द्रनगरपालिका र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको सुर्खेत शाखाको उद्घाटन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले गरेका हुन ।

प्रदेश मुख्य मन्त्री शाहीले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन । बैंकको शाखा बिस्तार हुँदा बित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी हुने शाहीले बताए ।

उद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नेपाललाई समृद्धि तर्फ लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाउनु पर्ने बताएका छन ।

त्यस्तै लम्की शाखाको उद्घाटन भने लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईले गरेका हुन । सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८१ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL