Logo

सिटिजन्स बैंक र गोल्डेन अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

सिटिजन्स बैंक र गोल्डेन अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र गोल्डेन अस्पताल मोरङ, बिराटनगरबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंक र अस्पतालबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँने बैंकले जानकारी दिएको छ ।

उक्त किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL