Logo

वित्तीय संघीयता कार्यान्वयन गर्न विश्व बैंकको साथ, दोस्रो वित्तीय तथा सार्वजनिक व्यवस्थापन विकास नीति स्वीकृत

वित्तीय संघीयता कार्यान्वयन गर्न विश्व बैंकको साथ, दोस्रो वित्तीय तथा सार्वजनिक व्यवस्थापन विकास नीति स्वीकृत



काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय संघीयता कार्यान्वयनका लागि सरकारलाई सहयोग पुर्याउने गरी दोस्रो वित्तीय तथा सार्वजनिक व्यवस्थापन विकास नीति स्वीकृत गरेको छ ।

विश्व बैंकले स्वीकृत गरेको उक्त नीतिले नेपाल सरकारलाई वित्तीय संघीयता तथा सार्वजनिक वित्तीय व्यवस्थापनको फ्रेमवर्क निर्माण गर्न सहयोग पुर्याउनेछ । उक्त नीति अन्तर्गत १० करोड अमेरिकी डलर बराबरका आयोजनाको सुधार कार्यान्वयनका लागि अर्थ मन्त्रालयले समन्वय गर्ने भएको छ ।

यसले पहिलो वित्तीय तथा सार्वजनिक व्यवस्थापन विकास नीतिको आयोजनाहरुलाई समेत सहयोग पुर्याउनेछ जुन २०१८ को मार्चमा स्वीकृत भएको थियो ।

उक्त नीति अनुसार विभिन्न २ आधारमा टेकेर संघीय वित्त व्यवस्थापनको लागि सहयोग पुग्नेछ । जस अन्तर्गत पहिलो आधार अनुरुप विभिन्न संघीय तहको वित्तीय व्ववस्थापन, नीति परिमार्जन, नीति निर्माण लगायतका विषयमा सहयोग पुग्नेछ ।

यस्तै अर्काे आधारले भने बनेको नीति सबल तरिकाले कार्यान्वयन, खर्च व्यवस्थापन, राजस्व संकलन जस्ता कार्यलाई जोड दिने भएको छ । उक्त नीतिले नेपालको वित्तीय संघीयतालाई सबल तरिकाले चलाउन सहयोग पुग्ने विश्व बैंकको धारणा छ ।

यस्तै यसले तिनै तहको बजेटको उचित कार्यान्वयनमा समेत बल पुग्ने बैंकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL