शाखा विस्तारमा एग्रेशिभ हुँदै सिभिल बैंक, एकैदिन २ नयाँ शाखा विस्तार

civil-bank-lahan

काठमाडौं । सिभिल बैंकले एकैदिन २ नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । बैंकले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको हो ।

सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच लाहान नगरपालिकाको मेयर मुनी साह सुडीले र शिवसताक्षी नगरपालिकाको मेयर चन्द्र कुमार शेर्माले क्रमश लाहान शाखा र दुधे शाखाको उद्घाटन गरेका हुन । लाहान र दुधे शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ७९ पुगेकोे पनि बैंकले जानकारी दिएको छ ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status