Logo

सिभिल बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा, शाखा संख्या ७७ पुग्यो

सिभिल बैंकको नयाँ शाखा सिराहाको गोलबजारमा, शाखा संख्या ७७ पुग्यो



काठमााडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सिराहा जिल्लाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार एक कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेका हुन ।

laxmi

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, पत्रकार महासंघका सभापति राम बाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायतको उपस्थिती थियो ।

उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ ।
उक्त कार्यक्रमका बोल्दै बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL