Logo

सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा, शाखा संख्या ७६ पुग्यो

सिभिल बैंकको नयाँ शाखा धनुषाको ढल्केबरमा, शाखा संख्या ७६ पुग्यो



काठमाडौं । सिभिल बैंकले धनुषामा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गरेका हुन ।

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ । बैंकले उक्त शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकका शाखा संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL