Logo

काठमाडौंको ठमेलमा कामना सेवाको ८७ औं शाखा

काठमाडौंको ठमेलमा कामना सेवाको ८७ औं शाखा



काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्र्दै आफ्नो ८७ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बैंकका अध्?यक्ष सुिदप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त शाखामार्फत कारोबारको उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले दृतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राखेका थिए ।

बैंकले हाल ८७ वटा शाखा तथा ४० वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL