Logo

सनराइज बैंकको सिईओमा निरज श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा २९ बर्षे अनुभव

सनराइज बैंकको सिईओमा निरज श्रेष्ठ नियुक्त, बैंकिङ क्षेत्रमा २९ बर्षे अनुभव



काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन् । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

समितिले श्रेष्ठलाई आगामी ४ बर्षको लागि सिईओ पदमा नियुक्त गरेको हो । बैंकका तत्कालिन सिईओ रत्नराज बज्राचार्यले छाडेसँगै श्रेष्ठलाई नियुक्त गरिएको हो ।

तत्कालिन ग्रीनलेज बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका श्रेष्ठको सो क्षेत्रमा करिव ३ दशकको अनुभव रहेको छ । उनीसँग यस अघि करिव आधादर्जन बाणिज्य बैंकहरुमा उच्च तहमा रहेर काम गरेको अनुभव रहेको छ । उनले यसअघि माछापुच्छ्रे बैंकको सिईओबाट छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL