Logo

सनराईज बैंकको नयाँ शाखा मुलपानीमा, शाखा संख्या १०७ पुग्यो

सनराईज बैंकको नयाँ शाखा मुलपानीमा, शाखा संख्या १०७ पुग्यो



काठमाडौं । सनराईज बैंकले काठमाडौं स्थित मुलपानीमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकल बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुतm रmपमा उक्त शाखाको उद्घाटन गरेका हुन । सो कार्यक्रममा सन्राइज बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

बैंकले संचालनमा ल्याएको उक्त शाखासहित १ सय ७ वटा शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको छ । हाल बैंकले नेपालभर ३३ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL