Logo

ईद उल फितरमा एनआईसी एशियाको नयाँ योजना, डेविट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क

ईद उल फितरमा एनआईसी एशियाको नयाँ योजना, डेविट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क



काठमाडौं । एनआईसी एशिया बैंकले मुस्लिम समुदायको ईद–उल–फितरका अवसरमा डेविट कार्ड र मोबाईल सेवा निशुल्क प्रदान गर्ने भएको छ ।

बैंकले जेठ २२ देखि ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको उक्त योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९१ एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टर एवं ३१ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL