Logo

कामना सेवा विकास बैंकले गर्याे ३ अस्पतालसँग सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

कामना सेवा विकास बैंकले गर्याे ३ अस्पतालसँग सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट



काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ३ अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पतालको सेवामा छुट दिन सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि. सँग सम्झौता गरेको हो ।

laxmi

बैंकले गरेको उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले उक्त अस्पतालहरुबाट औषधी तथा उपचारमा विशेष छुट पाउने भएका हुन । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जानकारी दिएको छ ।

सम्झौतापत्रमा बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगर सिटी हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्सका प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL