Logo

बजेटमार्फत नै बैंक तथा वित्तीय संस्थालाई ‘बिग मर्जर’मा लगियो, बीमालाई पनि समेटियो

बजेटमार्फत नै बैंक तथा वित्तीय संस्थालाई ‘बिग मर्जर’मा लगियो, बीमालाई पनि समेटियो



काठमाडौं । सरकारले ‘विग मर्जर’लाई प्रोत्साहन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन सरकारले बजेटमार्फत नै विग मर्जरको व्यवस्था गरेको हो ।

आगामी दिनमा क बर्गका बाणिज्य बैंकलाई एक आफसमा गाभिन प्रोत्साहन गरिने भएको छ । बजेटले बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन मर्जर गरिने भएपनि सरकारले बजेटमार्फत ‘विग मर्जर’को व्यवस्था मात्र उल्लेख गरेको हो । विना अध्ययन अनुसन्धान फोर्स मर्जरको व्यवस्था गर्न नमिल्ने भएकाले त्यसलाई घुमारो तरिकाबाट विग मर्जरको व्यवस्था गरिएको सम्बद्ध सरोकारवालाहरुले बताएका छन् ।

सरकारले सोही अनुरुप बीमा कम्पनीलाई पनि मर्जरमा लैजाने भएको छ । सरकारले बजेटमार्फत नै बैंक वित्तीय संस्थालाई जस्तै बीमालाई पनि मर्जरमा लैजाने घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL