Logo

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाइफ इन्स्योरेन्सबीच बैकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायतका सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने छन ।

बैंकले ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL