Logo

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्स कम्पनीबीच बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्सको जीवन बीमा गर्न सक्नेछन । यस्तै ग्राहकले बैंकका शाखाहरुमार्फत बीमाको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL