Logo

एकै दिन सनराइज बैंकको ४ शाखा विस्तार, पस मेसिन मार्फत कारोबार गर्न सकिने

एकै दिन सनराइज बैंकको ४ शाखा विस्तार, पस मेसिन मार्फत कारोबार गर्न सकिने



काठमाण्डौं । सनराइज बैंकले एकैसाथ ४ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।

laxmi

बैंकले रुपन्देहीको मायादेवी गाँउपालिका ५ पर्साहवा र ओमसतिया गाँउपालिका ६ मझौली, महोत्तरीको बर्दिवास नगरपालिका ११ खयरमारा र सिराहाको लक्ष्मीपुर पतारी गाँउपालिका १ रामपुर बजारमा शाखा विस्तार गरेको हो ।

पोइन्ट अफ सेल (पस) मेसिन मार्फत बचत तथा भुक्तानीका लागि शाखा नभएको स्थानमा समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जानकारी दिएको छ । विस्तारित ४ शाखारहित बैंकिङ सेवासँगै शाखा संख्या ३३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL