Logo

राष्ट्रिय वाणिज्य बैकको शाखा सुनसरीको पानवारीमा, शाखा संख्या २१९ पुग्यो

राष्ट्रिय वाणिज्य बैकको शाखा सुनसरीको पानवारीमा, शाखा संख्या २१९ पुग्यो



काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले सुनसरीको पानवारीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका हुन । विस्तारित शाखासँगै बैंकको शाखा संख्या २ सय १९ पुगेको छ ।

मुख्य मन्त्री राईले रावा बैंकले सो क्षेत्रमा शाखा विस्तार गरी जनतालाई बैंकिङ सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताएका छन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने बैंकले संघीय एवं प्रदेश सरकारसँग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा विस्तार गरी वित्तीय पहुंच विस्तार गर्दै जाने बताएका छन ।

बैंकले २ सय १९ शाखा, २३ एक्सटेन्सन काउन्टर, १ सय ७२ एटिएम र ९३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL