Logo

सिभिल बैंकको शाखा झापाको अर्जूनधारामा, शाखा संख्या ७४ पुग्यो

सिभिल बैंकको शाखा झापाको अर्जूनधारामा, शाखा संख्या ७४ पुग्यो



काठमाडौं । सिभिल बैंकले झापाको अर्जूनधारामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका छन ।

कार्यक्रममा बोल्दै मेयर रानामगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन । शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने रानामगरले बताए ।

बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने जानकारी दिएको छ । विस्तारित शाखासँगै बैंकको शाखा संख्या ७४ पुगेकोे ।

प्रतिक्रिया दिनुहोस्
MBL