Logo

ग्लोबल आईएमई बैंक र सूर्य लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत जीबन बीमा

ग्लोबल आईएमई बैंक र सूर्य लाइफबीच सम्झौता, बैंकका शाखा मार्फत जीबन बीमा



काठमाडौं । ग्लोबल आइएमई बैंक र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीका बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्ने छन ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले १ सय ३७ शाखा, २६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ४५ एटिएम, १ सय ४० शाखारहित बैकिङ इकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैकिङ सेवाको साथमा १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL