Logo

सिटी एक्सप्रेस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकमार्फत रेमिट्यान्स सेवा

सिटी एक्सप्रेस र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकमार्फत रेमिट्यान्स सेवा



काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सुरु गर्ने सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच बैंक र रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्नेछन । उक्त सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।

गत जेठ ६ गते एक कार्यक्रमका बिच राष्ट्रिय वाणिज्य बैंक को तर्फबाट कोष (ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL