Logo

सनराइज बैंकको नयाँ शाखा भक्तपुरको गट्ठाघरमा, शाखा संख्या १०६ पुग्यो

सनराइज बैंकको नयाँ शाखा भक्तपुरको गट्ठाघरमा, शाखा संख्या १०६ पुग्यो



काठमाडौं । सनराईज बैंकले भक्तपुर स्थित गट्ठाघरमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै भक्तपुर .स्थित गठ्ठाघरको चारदोबाटोमा उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन ।

सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १ सय ६ वटा पुगेको छ । साथै बैंकले नेपालभर २९ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय २१ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL