Logo

पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

पर्सा मालपोत कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पर्सा जिल्लाको मालपोत कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर स्थापना गरेको छ । बैंकले प्रदेश नं २, पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा न. ३ स्थित मालपोत कार्यालयमा बुधबार एक कार्यक्रमका बीच उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

शाखा कार्यालय वीरगंज मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट मालपोत कार्यालय पर्साबाट लिईने राजश्व, पूंजीगत लाभ कर, सेवा शुल्क तथा दस्तुर लगायतको रकम जम्मा गरिनेछ । शाखा कार्यालय वीरगंजका शाखा प्रवन्धक टिकाराज रिजालको अध्यक्षतामा भएको सो एक्सटेन्सन काउन्टरको समुद्घाटन बैंकका प्रदेश नम्बर २ का निमित्त प्रमुख विश्वप्रकाश ज्ञवालीले गरेका थिए ।

सो अवसरमा मालपोल कार्यालय पर्साका निमित्त प्रमुख सुमन झा, लेखापढी व्यवसायी संघ पर्साका अध्यक्ष रामआधार प्रसाद कलवार, प्रदेश नम्बर २ कार्यलयका प्रवन्धक दिनेश गौतम, शाखा कार्यालय श्रीपुरका प्रवन्धक ईश्वरीप्रसाद ढुङ्गेल, शाखा सहायक प्रवन्धक प्रकाश दुलाल, सरोज लामिछाने लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २ सय १९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १ सय ७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ ईकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL