Logo

एनआईसी एशिया र नोबेल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २५ प्रतिशतसम्म छुट

एनआईसी एशिया र नोबेल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २५ प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र नोबेल अस्पतालबीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका कर्मचारी, तथा ग्राहकहरुका लागि अस्पतालको सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहक र उनका परिवार र आफन्तलाई नोबेल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र नोबेल अस्पतालको तर्फबाट अस्पतालका निर्देशक सन्तोषमणि न्यौपानेले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL