Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, जेष्ठ नागरिकलाई कुर्ची हस्तान्तरण

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, जेष्ठ नागरिकलाई कुर्ची हस्तान्तरण



काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखराको जेष्ठ नागरिक मिलन केन्द्रलाई कुर्ची सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र” लाई ३५ थान कुर्सी हस्तान्तरण गरेको हो ।

laxmi

उक्त संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राम बजार युके सोसाइटिका सल्लाहकार प्रेम विक, विशेष अतिथि मुक्तिनाथ विकास बैँक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाललगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचय पत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL