Logo

एटिएम मेशिनमा नेपाली भाषा अनिवार्य, ३० दिनभित्र नगरे बैंकलाई कारबाही

एटिएम मेशिनमा नेपाली भाषा अनिवार्य, ३० दिनभित्र नगरे बैंकलाई कारबाही



काठमाडौं । एटिएम मेशिनमा अनिवार्य रुपमा नेपाली भाषा राख्नुपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले यस अघि अंग्रेजी भाषामा एटिएम मेशिन राख्दै आएकोमा अबका दिनमा नेपाली भाषा पनि अनिवार्य गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

सेवाग्राहीहरुले एटिएम मेशिनमा नेपाली भाषा नहुँदा प्रयोग गर्न कठिनाई भएको भन्दै गुनासो गरेपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो । सुचना प्रकाशित भएको ३० दिनभित्र अनिवार्य रुपमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

तोकिएको समयावधिसम्म पनि उक्त कार्य नगरेमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा २ बमोजिम कारवाही गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL