Logo

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार वितरण, १४ शाखा कार्यालय सम्मानित

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार वितरण, १४ शाखा कार्यालय सम्मानित



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच ५४ औं वार्षिकोत्सबको अवसरमा विभिन्न कर्मचारीहरुलाई पुरस्कार वितरण गरेको हो ।

२०७५ माघ १० गते आर्थिकबर्ष २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार दिने घोषणा गरिएको थियो । उक्त वितरण कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ट कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उक्त समारोहका बीच बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको बैंकले जानकारी दिएको छ । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।

त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद १० हजार देखि ३० हजार रुपैयाँसम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको त्यसैगरी उत्कृष्ठ कार्य गर्ने पांच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरीयो । साथै कर्मचारीहरुलाई विषयगत प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL