Logo

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रामनगरमा, बैंकिङ प्रणालि मार्फत श्रम तथा रोजगार कार्यालयको कारोबार

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रामनगरमा, बैंकिङ प्रणालि मार्फत श्रम तथा रोजगार कार्यालयको कारोबार



काठमाडौं । प्रभु बैंकले रुपन्देहीको वुटवल उपमहानगरपालिका १० रामनगरमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

बैंकले श्रम तथा रोजगार कार्यालयको परिसरमा संचालनमा ल्याएको उक्त एक्स्टेन्सन काउण्टर रामनगर श्रम तथा रोजगार कार्यालयका प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका छन ।

श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको बताउँदै प्रमुख थापाले भने, कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन झण्झट नहोस् भनि बैंकसँगको सहमतिमा उक्त काउण्टर सञ्चालनमा ल्याएको बताएका छन ।

श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राही तथा बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने बैंककको विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL