Logo

४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै एनआईसी एशिया, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र जारी गर्दै एनआईसी एशिया, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल



काठमाडौं । एनआईसी एशिया बैंकले ऋणपत्र जारी गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न सानिमा क्यापिटललाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको हो ।

laxmi

बैंकले १ हजार रुपैयाँ अंकित दरका ४४ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र सात वर्षमा परिपक्व हुने छ भने बार्षिक व्याजदर १० दशमलब २५ प्रतिशत तोकिएको छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन ।

ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि बिक्री गरिने भएको हो । ब्याज बापतको रकम भने अर्धबार्षिक रुपमा भुक्तानी गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले २ सय ८३ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर र २६ शाखा रहित बैंकिङ इकाइ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL