Logo

एनआईसी एशिया र अल्का अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया र अल्का अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा २० प्रतिशतसम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंक र अल्का अस्पताल बीच एक सम्झौता भएको छ । बुधबार एक कार्यक्रमका बीच बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले अल्का अस्पतालको डिस्काउन्ट कार्ड प्रयोग गरी बैंकको डेबिट एवं क्रेडिट कार्डमार्फत उपचार शुल्क भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र अल्का अस्पतालको तर्फबाट अस्पतालका कार्यकारी निर्देशक विद्या श्रेष्ठ थापा र प्रशासन प्रमुख रोजिका प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL