Logo

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, स्वास्थ्य उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होमबीच सम्झौता, स्वास्थ्य उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता भएको छ ।

सम्झौता पछि बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा १० प्रतिशत सम्मको छुट पाउने भएको छ ।

बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरिशरण रिजालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ८३ शाखा, २ सय ८९ एटिएम, ४१ एक्सटेन्सन काउण्टर एवं २६ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL