Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई भौतिक सामग्रीदेखि विद्यालयलाई पुस्तक हस्तान्तरण

जनता बैंकको सामाजिक उत्तरदायित्व, अस्पताललाई भौतिक सामग्रीदेखि विद्यालयलाई पुस्तक हस्तान्तरण



काठमाडौं । जनता बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत अस्पताललाई भौतिक पूर्वाधार हस्तान्तरणदेखि स्कुललाई पुस्तक उपलब्ध गराएको छ ।

laxmi

बैंकले भरतपुर आँखा अस्पताल, चितवनलाई २ लाख ६० हजार बराबरको २० थान थ्री सिटर आगन्तुक कुर्सी प्रदान गरेको छ । यसैगरी वीरेन्द्र विद्या मन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न सन्दर्भ पुस्तकहरु उपलब्ध गराएको छ । नस्तरबाट संचालित उक्त क्याम्पसमा करिव ५ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL