Logo

कामना सेवा विकास बैंकको शाखा स्याङजाको झलुङ्गेमा, शाखा संख्या ८४ पुग्यो

कामना सेवा विकास बैंकको शाखा स्याङजाको झलुङ्गेमा, शाखा संख्या ८४ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले स्याङजाको झलुङ्गेमा शाखा विस्तार गरेको छ ।

बैंकले वालिङ नगरपालिका १३ झलुङ्गेमा विस्तार गरेको उक्त शाखाको बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा संचालक बरालले ब्यापार प्रवद्र्धनलाई तीव्रताका साथ अघि बढाउन शाखा विस्तार गरेको बताएका छन ।

बैंकले ८४ शाखा तथा ३९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL