Logo

निक्षेप संकलनमा राष्ट्र बैंकको कडाई, ३ महिनाभन्दा कमको मुद्दती निक्षेप लिन नपाईने

निक्षेप संकलनमा राष्ट्र बैंकको कडाई, ३ महिनाभन्दा कमको मुद्दती निक्षेप लिन नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा कडाई गरेको छ । राष्ट्र बैंक सर्कुलर जारी गर्दैै अबका दिनमा ३ महिनाभन्दा कमको मुद्दति निक्षेप स्वीकार गर्न नपाइने ब्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले मौजुदा व्यवस्थामा परिवर्तन गर्दै ३ महिने व्यवस्था ल्याएको हो ।

सअघि बैंकहरुले ६० दिनको, ७५ दिनको मुद्दति निक्षेपको स्किमसमेत ल्याउने गरेका थिए । तर अबका दिनमा ९० दिनभन्दा कमको मुद्दति निक्षेप उठाउन पाईनेछैन ।

साथै मुद्दति निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित व्याजदर कायमहुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दति निक्षेप समेत स्वीकार गर्न नपाउने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL