Logo

बैंक वित्तीय संस्थालाई निक्षेप संकलनमा आकर्षक योजना ल्याउन रोक, सुनचाँदी देखाएर बचत तान्न नपाईने

बैंक वित्तीय संस्थालाई निक्षेप संकलनमा आकर्षक योजना ल्याउन रोक, सुनचाँदी देखाएर बचत तान्न नपाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आकर्षक उपहार दिएर निक्षेप संकलन गर्न रोक लगाएको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय सुन चाँदीका सिक्काका साथै आकर्षक उपहार दिएर होडबाजी गर्दै निक्षेप तान्न थालेपछि राष्ट्र बैंकले रोक लगाएको हो ।

पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथै अन्य आकर्षक योजना ल्याएर निक्षेप आकर्षित गर्न थालेका छन् । निक्षेपमा उच्च व्याज दिएर निक्षेप संकलन गर्दा विवाद भएपछि बैंक तथा वित्तीय संस्थाले चलाखीपूर्ण रुपमा सुन चाँदीका सिक्कालगायत आकर्षक योजना सार्वजनिक गरेका थिए । त्यसबाट पनि थप भार पर्ने र निक्षेप संकलनमा अस्वस्थ्य प्रतिस्पर्धा बढ्ने देखिएपछि राष्ट्र बैंकले रोक लगाएको जानकारी दिएको छ ।

अबका दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्का लगायत कुनै पनि किसिमका सिक्का उपहारहरु प्रदान गर्न नपाइने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL