Logo

सिभिल बैंकको अध्यक्षमा पुनः तामाङ, लगानीकर्तालाई १५ प्रतिशत लाभांस

सिभिल बैंकको अध्यक्षमा पुनः तामाङ, लगानीकर्तालाई १५ प्रतिशत लाभांस



काठमाडौं । सिभिल बैंकको अध्यक्षमा इच्छाराज तामाङ चयन भएका छन् । बैंकको आज भएको साधारणसभले ६ जना संचालक समिति चयन गरेको छ । सोहीमध्येबाट तामाङ पुनः अध्यक्षमा चयन भएका हुन् ।

साधारण सभाले बैंककोे संस्थापक शेयरधनीहरुमा इच्छा राज तामाङ्ग, अम्बीर बोगटी, प्रताप जङ्ग पाण्डेलाई निर्विरोध चयन गरेको थियो । यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रकाश तायल, शम्भुप्रसाद पन्त र युगेश बहादूर मल्ल संचालकमा चयन भएका हुन् । उनिहरु आगामी ४ बर्षका लागि निर्विरोध चयन भएका हुन ।

बैंकको आज भएको साधारणसभाले सेयरधनीलार्य १० दशमलव २५ प्रतिशत बोनस सेयर र ५ दशमलव ०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL