Logo

प्रभु बैंकको नाफा ५८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार

प्रभु बैंकको नाफा ५८ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा सुधार



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५८ प्रतिशतले बढेको छ । बैंकले गत आबको सोही अबधिमा ९१ करोड ७० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

बैंकले आफ्नो ब्याज अम्दानीमा वृद्धि गरेसँगै समग्र नाफा बढ्न पुगेको हो । सो अबधिमा बैंकले आफ्नो ब्याज आम्दानी ३६ प्रशितले बढाउँदै ८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सो अबधिमा बैंकको खुद ब्याज आम्दानी भने ७३ प्रतिशतले बढ्दै ३ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकले आफ्नो प्रतिसेयर आम्दानी बढाउँदा स्प्रेडडर भने सामान्य बढाएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ रहेको छ भने स्प्रेडडर ४ दशमलव ८८ प्रतिशत रहेको छ ।

हालसम्म बैंकले १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL