Logo

जनता बैंक, बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट

जनता बैंक, बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालबीच सम्झौता, उपचारमा विशेष छुट



काठमाडौं । जनता बैंक नेपालले बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रालिबीच सम्झौता गरेको छ ।

बैंकले प्रदेश १ का ग्राहकको सुविधालाई मध्येनजर गर्दै ति अस्पतालहरुमा स्वास्थ्य उपचारमा विशेष छुट दिन सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौता अनुसार पछि बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालहरुबाट सेवा सुविधा लिए वापत बिशेष छुट पाउने भएको छ ।

ग्राहकले सो छुट सेवा लिन भने बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL