Logo

प्रभु बैंकको एक्सटेन्सन काउन्टर मोरङको तिनपैनीमा, राजस्व संकलनमा सहयोग

प्रभु बैंकको एक्सटेन्सन काउन्टर मोरङको तिनपैनीमा, राजस्व संकलनमा सहयोग



काठमाडौं । प्रभु बैंकले मोरङको विराटनगर महानगरपालिका तिनपैनी ३ मा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

laxmi

बैंकले संचालनमा ल्याएको उक्त काउण्टरमा श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र बैदेशिक रोजगारीमा जाने सेवाग्रहिका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क बुझाउन तथा अन्य सेवा सुविधाको लागि सहयोग पुग्ने बैंकले विस्वास लिएको छ ।

विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय प्रमुख प्रेम प्रसाद संजेलले उक्त शाखाको उद्घाटन गरेका हुन ।

उक्त कार्यालयबाट बैदेशिक रोजगारीमा जाने कामदारहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा समेत योगदान पुग्ने बैंकको विस्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL