Logo

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त, १६ बर्षे बैंकिङ अनुभव

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त, १६ बर्षे बैंकिङ अनुभव



काठमाडौं । सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा सिमर प्रसाद दाहाल नियुक्त भएका छन । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै उनी बैशाख २० गतेबाट लागु हुने गरी बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

laxmi

करिव १६ वर्ष अघि बैंकिङ करियर थालेका चार्टर एकाउन्टेन्ट उनी एक अनुभवी बैंकरका रूपमा परिचित छन । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसँग आबद्ध उनी यस अघि बैंकको भगिनी थिए । उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । उनी हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै छन ।

नववियुक्त सहायक प्रमुख कार्यकारी अधिकृत दाहाल बैंकरहरु बीच एक सफल रणनैतिककार, दुरदर्शी, लगनशील, मिहेनती व्यक्तिका रूपमा परिचित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL